Skip to content

नन्दलाल आचार्य

सोह्र कथाका सोह्रै आवाज

उनले वि.सं. २०१८ असार २५ गते पकरी–६, सप्तरीमा पहिलो पटक आँखा खोले । २०२८ सालतिर ‘वसन्त’ शीर्षकको कविता लेखेर साहित्ययात्रा थालनीको इतिहास बनाए । निमिष, अभिमन्युजस्ता साहित्यिक उपनामले समेत केही रचना लेखे । नेपाली विषयमा स्नाकोत्तर गर्नुका साथै कानूनमा बी.एल. समेत गरे । उनी सरकारी उच्च पदस्थ कर्मचारी पनि हुन् । उनी न कानूनीवेत्ता हुँ भन्छन्, न सरकारी कर्मचारी हुँ भनेर घमण्ड गर्छन् । तर, उनमा आफ्नै किसिमको घमण्ड विद्यमान छ । त्यो हो– ‘म केवल साहित्यसेवी हुँ ।’

कठोर बज्रसँग कठोर बनेको दिन

मित्र अनन्तजी,
अभिवादन !

प्रिय मित्र अनन्तजी, म वर्तमानले अघाएको छु । असाध्यै अघाएको छु । अरू एकपल यस ठाउँमा अडिने मन छैन । पाइलो उठाइहाल्ने सामर्थ्य समेत छैन । मेरो अन्त खनिएको बाटो छैन । खनिदिने अगाडि मान्छे छैन । अरूका मान्छेले अरूलाई नै बाटो खन्दिछन् । मैले त आफ्ना खातिर आफैँ बाटो खन्नुपरेको छ । त्यसका लागि आवश्यक पर्ने हँसिया–कतौडा, खुकुरी–भाला, फरुवा–कोदाली, बञ्चरो–छिनो आफैँले जुटाउनुपर्छ । मेरो कमजोरी नै हो– न मान्छे खटेको छ, न गतिलो औजार जुटाएको छ, न कतै अन्त बाटो नै खनेको छ ! मनमा भित्रैदेखि आगो सल्केको छ । बिल्कुलै लाटो भएर जिउँन सकिएको छैन । केही चनाखो भएर हिँड्न खोज्दा पाइलो राख्ने ठाउँ नै पाउँदिनँ । कताकता अपूर्व मृत्युको त्रासले सपनी र विपनी दुवैलाई गाँज्न थालेको छ ।

20140713_NandaLalAcharya_News

राजविराजमा सगरमाथाका साहित्यकारको जमघट

विभिन्न विधा र क्षेत्रमा कलम चलाउदै आएका सगरमाथा अञ्चलकका साहित्यकारहरूले विहिवार राजविराजमा भव्य जमघट गरेका छन् । भानुभक्त द्विसतवार्षिकी समारोह समिति सगरमाथा अञ्चल कमिटिले साहित्यकारहरूलाई यो जमघटको ब्यवस्था मिलाएको हो ।

भानुभक्तको द्विसतवार्षिकी समारोह अन्तर्गत आयोजना गरिएको ‘विचार तथा काब्य गोष्ठी’ का अवसरमा जिल्ला विकास समिति सप्तरीको सभाहलमा भेला भएका साहित्यकारहरूले लामो समयपछि एकै थलोमा वसेर आ आफनो श्रृजना प्रस्तुत गरे ।

एकांकी ०९ – नम्र विनम्र

(रङ्गमञ्चमा ठूलो अक्षरमा ‘नम्र विनम्र’ लेखिएको छ । रङरोगनहीन कुर्सीटेबुलहरू राखिएका छन् । गरिबीका नमूना यत्रतत्र छ । भुइँघरको दलानमा नविता, लोचन, अमित र कर्णनाथ बसेका छन् । कर्णनाथ छटपट गरिरहन्छन् । लोचन निराश छिन् । उनको काखमा दुई नाबालक बच्चा (एकजना छोरा र एकजना छोरी) छन् । नविताको मुहारमा भय र त्रास छ ।)

कर्णनाथ : (मञ्चको चारैतिर घुमेर हेर्दै) गम्भीर ! गम्भीर !! जताततै गम्भीरता !! हेर्नुस् लोचन दिदी र नविता बहिनी ! निरास नहुनुस् । मक्ख पनि नपर्नुस् । (भित्तामा लेखिएको तुल हेर्दै) नम्र त्यसमा पनि अँझ विनम्र ! सानो आश्चर्यमा अर्को ठूलो आश्चर्य !! मौकामा चौका हान्ने बानी नै परिसक्यो मलाई । हेर्नुस्, विवाहित जीवन सफल बनाउनुछ भने प्रेम गर्नुस् । जान्नु हुन्न भने सिक्नुस् ।

एकांकी ०८ – एकता

(रङ्गमञ्चको पर्दा बिस्तारै खुल्दै जान्छ । मञ्चमा उदास लाग्दा हिमाल, पहाड र तराई/मधेसका तस्बिरहरू देखिन्छन् । हिरण्य, पर्वत र तमोर आआफ्नै धुनमा क्रमश: हिमाल, पहाड र तराई/मधेसका तस्बिरहरू एकटकले ओल्टाइपल्टाई हेर्दछन् । उनीहरू कहिले घोरिन्छन्, कहिले रिसले बटारिन्छन् । आमा एउटा कुनामा झोक्रिरहेकी छिन् ।

रङ्गमञ्चको छानोमा बत्ती बल्नासाथ नेपाली राष्ट्रिय गानको धुन बज्न थाल्छ । आमा केही चनाखो हुन्छिन् । उनको मुहारमा खुसी नाचिरहेको आभास हुन्छ । अरू तीनजना जर्याकजुरुक उठ्छन् र सतर्क हुन्छन् । राष्ट्रिय गान समाप्त नहुँदै उनीहरू बस्न हतारिन्छन् तर अरूलाई सतर्क मुद्रामै रहेको देखेर सचेत हुन्छन् । राष्ट्रिय गानको समाप्तिसँगै तीनैजना आआफ्ना ठाउँमा बस्छन् । तमोर जुरुक्क उठेर केही कदम अघि बढ्छ ।)

एकांकी ०७ – पीडा एक : भाका अनेक

(सुनसान सडक क्षणभरमै मान्छे नै मान्छेले भरिन्छ । कतै सडक रक्ताम्य छ, कतै सडक कालाम्मे छ । कतै सडक सुक्खा छ, कतै पानीले हिलाम्मे छ । एक्कासि सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्दै जान्छ । दर्शक बढ्दै जान्छन् । एकप्रकारले सडक जाम हुन्छ ।)

सूत्रधार : आदरणीय दर्शकवृन्द, सडकमा नै आज सबथोक हेरौँ । सडकमा नै सबथोक चिनौँ । सडकमा नै सबथोक देखाऔँ । सडकको व्यथा सडकमा नै बुझौँ । सडकको गीत सडकमा नै गाऔँ र मनमा सुन्दर आकाङ्क्षा भित्र्याऔँ । कर्ममा पारदर्शिता देखाऔँ । भोलिका पुस्ताका निम्ति यही सडकमा हिँड्ने पूर्वाधार आजै बनाऔँ ।

एकांकी ०६ – युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान

पुलिस क्लवको भीआइपी कोठा । डोरीले पछाडि दुबै हात बाँधेर बन्दी-१ लाई लडाइएको छ तर पनि उनी आत्तिएजस्ता देखिदैनन् । उनमा ढुक्क भएजस्तो मानसिकता देखिन्छ । उनी वरपर चार जना बर्दिधारीहरू उभिएका छन् । बन्दी-२ नजिकै उभिएर यताउती हेर्छिन् । कलम यताउती घुमाउँछिन् । केही लेख्न खोज्छिन् तर उनीसँग कागज हुन्न । बन्दी-१ यातना सहन नसकेर पानी मागिरहेका छन् । पानीको सट्टामा उनलाई अझ यातना दिइन्छ । बन्दीको चित्कार सुनेर बर्दिधारीहरू हाँसोको फोहोरा छुटाइरहेका छन् । हातखुट्टा सुनिएर बन्दी-१ विरुप देखिन्छन् । यी दृश्यहरू क्रमशः क्रमशः आइरहन्छन् आइरहन्छन् ।

एकांकी ०५ – जस्तो मति उस्तै गति

स्थान : पीपलको चौतारी
समय : दिनको नौ बजे

(हातमा घण्टी लिएको, निधारमा चन्दन घसेको, गेरुवस्त्र धारण गरेको प्रभु चौतारीमा बसेको छ । नजिकै कमण्डलु छ । छेउमै तुल टाँगिएको छ जसमा लेखिएको छ, पत्नी पीडित महासङ्घको दोबाटे कार्यालय)
पत्नी पीडितहरू — एक हौँ
पीडाको कहिरन — लेखौँ/लेखाऔँ
पीडाको पोखरी — ठूलो पारौँ ।

राजविराजमा मैथिली भाषासम्बन्धी कार्यक्रम

शिक्षाको माध्यम बन्न नसकेका कारण मैथिली भाषाको अपेक्षाकृत विकास हुन नसकेकोले यसतर्फ राज्यपक्षको गम्भीर ध्यानाकर्षण हुनुपर्नेमा एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् ।

मैथिली जागरण मञ्च राजविराजद्वारा शुक्रवार जिल्ला विकास समिति सप्तरीमा आयोजित कार्यक्रमका बक्ताहरूले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष एवम मैथिली अभियानी प्राध्यापक जनआनन्द मिश्रले मैथिली भाषाको विकासमा राज्यपक्ष उदासिन रहँदैआएको चर्चा गर्दै मैथिली भाषीहरूसमेत एकतावद्ध भएर भाषिक अधिकारका लागि जाग्नुपर्ने आवश्यकता औंल्याए ।

एकांकी ०३ – दर्द


पात्रहरू
मञ्जरी : अधबैँसे नारी, पतिले त्यागेकी, दुई सन्तानकी आमा, दु:खजिलो गरेर गुजारा चलाइरहेकी गृहिणी, आफ्ना दुई सन्तानको भविष्य उज्यालो बनाउने काममा कटिबद्ध ।
बबलध्वज : गाउँका एकजना सज्जन, आफ्नो सुखभन्दा अर्काको सुखमा आनन्द प्राप्त गर्ने स्वभाव, गाउँको हालखबर बुझ्दै हिँड्ने नि:स्वार्थी मान्छे, जसलाई कतिपयले नारदको संज्ञा पनि दिने गरेका छन् । उनलाई श्रीमतीले पनि अर्धपागल भनेर त्यागिदिएकी छिन् ।
प्रमोद : मञ्जरीको ८ बर्से छोरा ।
प्रमिला : मञ्जरीकी ११ वर्षकी छोरी ।
प्रकाश : बबलध्वजका छिमेकी र सहयोगी ।

स्थान : सामान्य भुइँतले घरको दलान र आँगन

एकांकी ०२ – करार–विवाह

(रङमा टाँगिएको ब्यानरमा ठूलो अक्षरमा ‘करार–विवाह’ लेखिएको छ । त्यहीँ कुर्सीटेबुल राखिएका छन् । त्यहीँ निम्न प्रकृतिका छजना नरनारीहरू बसेका छन् ।)

पुण्य : ३९ बर्से विवाहित युवक (शिक्षित–पठित, लेखन र शिक्षण पेसामा आबद्ध)
सृष्टि : २३ बर्से अविवाहित युवती (शिक्षित–पठित, अविवाहिता, संस्थामा जागिरका लागि विवाहदर्ता प्रमाणपत्रको खोजीमा भौतारिएकी)
अभित : ३२ बर्से अविवाहित युवक (शिक्षित–पठित, शिक्षण पेसामा आबद्ध)
लक्ष्मी : २७ बर्से विवाहित महिला (शिक्षित–पठित, शिक्षण पेसामा आबद्ध)
लक्ष्मीकान्त : ३५ बर्से अविवाहित युवक (शिक्षित–पठित, वकालत पेसामा आबद्ध)
कर्णकान्त : २५ बर्से अविवाहित युवक (शिक्षित–पठित, बेरोजगार, अर्धपागलजस्तो, बेला न कुबेला बोलिरहने, अर्काका कुरा त्यति ध्यान दिएर नसुन्ने तर आफ्ना कुराचाहिँ अरूले सुनून् भनी चाहने । आफूलाई प्रेम र विवाहसम्बन्धी विभिन्न विद्वान्हरूको दृष्टिकोणको ज्ञाता ठान्ने प्रकृतिको ।)

एकांकी ०१ – वादविवाद

पात्रहरू : श्रीमान्, श्रीमती, बहिनी र छोरी ।

(सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीनजना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एउटा कुनामा पाँच बर्से छोरी खेल्न थाल्छे । श्रीमान् श्रीमतीको ठाकठाकठुकठुक परेको आभास मिल्ने कुराहरू मनग्य छन् । रङ्गमञ्चको भित्ता कतै पानको रङले राताम्य छ भने कतै कालाम्य छ । कतै रङ्गमञ्च सुक्खा छ, कतै पानीले हिलाम्य छ । ऊ बोल्दै जान्छे, रङ्गमञ्चमा रौनक थपिँदै जान्छ । रङ्गमञ्चमा एकप्रकारको जिज्ञासा सर्वत्र छाउँछ ।)

सम्झनामा मात्र कलमी योद्धा कृष्ण सेन

भारतको देहरादुनमा २०१३ सालमा जन्मेर पत्रकारिता क्षेत्रमा समर्पण हुँदा शहादत हुन पुगेका कृष्ण सेन ‘इच्छुक’ ‘जनादेश’ (साप्ताहिक), ‘कलम’ (त्रैमासिक साहित्यिक पत्रिका) र ‘जनदिशा’ (दैनिक पत्रिका)को सम्पादक हुन् । उनका ‘शोकाञ्जली’, ‘इतिहासको यस घडीमा’, ‘बन्दी र चन्द्रागिरी’ (कवितासङ्ग्रह) प्रकाशित छन् । उनी सफल कवि, समीक्षक, भूमिका लेखक, गद्य लेखक, संस्मरण लेखक र पत्रसाहित्य लेखक थिए । सेनको योगदानको कदर गर्दै ‘कृष्ण सेन अनलाइन’ खोलिएको छ । मरणोपरान्त उनलाई साहसिक पत्रकारिता पुरस्कारले समेत सम्मानित गरिएको छ । उनको योगदानका बारेमा यस पिँढी र आउँदा पिँढीलाई यथेष्ठ जानकारी दिन विभिन्न सङ्घसंस्थाले स्मृति ग्रन्थ निकाल्दै छन् ।

मृत्यु–प्रेम

प्रिय मित्र,

सञ्चो–विसञ्चोको लण्ठामा पर्नुपरेको छैन । तिमीसँग हेर्ने आँखा छैन, सुन्ने कान छैन । हिँड्ने गोडा छैन । छैन, धेरै कुरा छैन । तर, मसँग पर्याप्त सम्झना छ । अविस्मरणीय यादगार छ । संसारभरिको सर्वप्रिय व्यक्तिका रूपमा तिमी मेरो मनमा विराजमान छौ । त्यसैले त यी शब्दहरू तिम्रा नाममा जोडजाड हुँदैछन् । दुर्भाग्य ! अहिले तिम्रा लागि भनी शब्द सुनाउनुको कुनै अर्थ छैन । तिमीकहाँ मेरो मन पठाउने ध्येयले निरर्थक शब्दहरूको लहर बनाउँदै छु । समयमा मैले तिमीलाई पाएको भए, मभन्दा बाहिर जानदिने थिइनँ । पक्कै यस लोकलाई विर्सन दिने थिइन ।

शिक्षा क्षेत्रमा नवीन चिन्तन

हाम्रा विद्यार्थीहरू स्कूल जान्छन् । कक्षाकार्य बनाउँछन् । गृहकार्य ल्याउँछन् । स्कूलमा गरेकै कार्य घरमा पनि दोहर्याउँछन् । शिक्षकशिक्षिकाले गर्न लगाएअनुसार खुरुखुरु काम गर्नु उनीहरूको कर्तव्य हुन जान्छ । खाली दिमाखवाला त्यस्ता विद्यार्थी जे सुन्छन्, जे देख्छन्, जे भोग्छन्, त्यस्ता कुराहरू दुरुस्त टिप्छन् । एकएक विवरण सुरक्षित राख्छन् र मौकामा प्रयोगमा ल्याउँछन् । सिकाइएका कुराभन्दा बाहिरको परिस्थिति आइपरेमा अलमलमा पर्छन् । उनीहरूमा निर्णयविहीन भई अलमलाउनुको विकल्प पनि हुन्न । आजको शिक्षाले त्यही विकल्प प्रदान गर्न सक्नुपर्छ ।

गणतन्त्र नायक रामराजालाई सम्झँदा

जन्मेपछि एक दिन न एक दिन यो धर्ती छाडेर जानु नै पर्छ । प्राकृतिको नियमलाई हाँक दिन विज्ञानले सक्छ तर जित्न सक्दैन । प्रकृति जसरी सन्तुलित अवस्थामा रहेर साराका सारा सजीव एवं निर्जीव दुवैको अस्तित्वलाई सुरक्षित राखेको छ, त्यसरी नै मानिसले पनि प्रकृतिको झैँ भूमिका निर्वाह गर्न सक्छ तर आजको मान्छेले आफूमा भएको शक्तिलाई पहिचान गर्न सकेको छैन । आफूभित्र अन्तर्निहित ९५ प्रतिशत उर्जालाई क्रियाशिल पार्न सकेको छैन । आजको मान्छे पैसाको पछि लागेको छ र भन्न थालेको छ–पैसा भए सब थोक साथमा, नभए सब थोक पाखामा ।

सोझा कुरा

मित्र पुण्य कार्कीजी,
अभिवादन !

यस पटक मेरो चित्र शब्दहरूमा नै उतार्दै छु । यी अक्षर कोरुन्जेल चाहिँ शारीरिकरूपमा ठीकै छु । मानसिकरूपले भने यस बखत असाध्यै थलिएको छु । ज्यादै भयानक मृत्यु बोकी फुकिफुकी पाइला चाल्दै छु । अनौपचारिक वार्तालापका क्रममा मित्र सन्तोष अधिकारीले भनेका कुरा सम्झिरहेछु ।

निबन्धकार करुणाका करुण भाव –‘शङ्खघोष’ भित्र

२०६२ सालदेखि अखबारी र साहित्य लेखनमा सक्रिय सर्जक करुणा झाको सद्य कृति ‘शङखघोष’ विशेष गरी महिला मुक्तिका आवाजहरू घन्काइएको निबन्ध सङ्ग्रह हो ।

क्रान्तिचेतको शक्तिशाली हतियार : ‘शङ्खघोष’

‘यत्र नार्यस्तु पुज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् ‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताको वास हुन्छ’ भन्ने मान्यताले ओतप्रोत भई अखबारी र साहित्य लेखनमा सक्रिय सर्जक करूणा झाको सद्य निबन्ध कृति ‘शङखघोष’ प्रकाशमा आएको छ । यो विशेष गरी महिला मुक्तिका आवाजहरू घन्काइएको निबन्ध सङ्ग्रह हो । २०६२ सालदेखि अनवरतरूपमा साहित्य र सञ्चारसंसारमा जुटेकी झा ‘भगजोगिनी’ (२०६८) नामक कविता सङ्ग्रह साझा प्रकाशनबाट प्रकाशन गरेर मैथिली साहित्य संसारमा उदाएकी थिइन् । ‘शङ्खघोष’ नामक निबन्ध सङ्ग्रहमार्फत् भने पत्रात्मक शैलीका निबन्ध लेखनबाट नेपाली साहित्यकाशमा जगमगाउने दाउमा देखिन्छिन् । सुरिलो स्वरकी धनी झा सप्तरी जिल्लामा उम्दा संचारकर्मीको रूपमा समेत चिनिन्छिन् । ‘शङ्खघोष’ मार्फत महिला आवाज, युगसुहाउँदो शैक्षिक संस्कार, मातृभूमिप्रति श्रद्धा प्रकट, युवा सक्रियता/नेतृत्वको आवश्यकता र सहकारीप्रतिको घतलाग्दो दृष्टिकोण व्यक्त भएको देखिन्छ ।

जिउँदो साँढे

भयावह समय तेर्सिएको थियो । जताततै मुखौले कानूनले जरा गाडेको थियो । भन्न पाइन्नथ्यो । सुन्नु मात्र पथ्र्यो । सुन्दासुन्दा कान पाक्थे । जुन प्रश्न सोधिन्थ्यो त्यसकै मात्र सटिक जवाफ पस्कनुपथ्र्यो । राणाकालीन शैली, निरंकुशताको पराकाष्ठा जताततै व्याप्त थियो । मनभरि कुराहरु गुमस्याएर र भित्रभित्रै कुडिएर धर्तिमा पाइला टेक्नुको विकल्प थिएन । मानौं जनताहरु धर्तीमा उत्पन्न भएका गुहेकीरा हुन् र मुखौले कानुनका निर्माता एवं संरक्षकहरु चाहिँ स्वर्गबाट इन्द्रका आदेशले खटिएका देवदूत हुन् ।