नन्दलाल आचार्य
करुणा झाको ‘शङ्खघोष’ बिमोचित
पुनरावेदन अदालतका न्यायाधीस सारङ्गा सुवेदी र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले करुणा झाद्वारा लिखित ‘शङ्खघोष’ नामक पत्रात्मक निबन्ध सङ्ग्रहको संयुक्त रूपमा विमोचन गर्नुभयो । उक्त अवसरमा प्रजिअ पौडेलले आफ्नो सानो वक्तव्यमा साहित्य व्यक्तिगत सुख र आनन्दका लागि मात्र नभई समाजका लागि लेखिनुपर्ने आवश्यकता माथि जोड दिँदै ‘शङ्खघोष’ले त्यो पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
चितामा देश
प्रिय देश,
आज सबैतिर छुट्टी मिलाएको छु । तिमीसँग मनग्यै भलाकुसारी गर्नुछ । हिजोका पात्राहरू उल्टाउनुछ । भोलिका नक्साहरू पल्टाउनुछ । हक्कीसँग बोल्नुछ । ज्यान जोगिने गरी ध्यान राख्नुछ । तिमी मसँग छैनौ र हुँदैनौ पनि । तर, म तिमीसँग हिजो थिएँ, आज छु र भोलि पनि हुन कसरत गर्दै छु । म युग पक्रन खोज्दै छु । तिमीलाई इतिहास निर्माण गर्न लगाउँदै छु । अर्कै भाका र लयमा तिम्रा कुरा ल सुन –
चेलीसँग एक क्षण
प्यारी चेली,
सन् २०१२ को मार्च ८ हिजो मात्र थियो र त्यो पनि हिजै सकियो । ठूल्ठूला नेतानेतृ र नीति निर्माताहरूले भव्य मञ्चमा भव्य कुराहरू गरे । ती कुराहरू आलिसान महलका मखमली विस्तारामा बसेर कथिएका थिए । ती उनीहरूकै लागि थिए । तिमी, हामीहरूका लागि थिएनन् । ती अहङ्कारीहरूका ललिपप चटाउने गफ थिए । थिए, ती जुरुक्कै उचाल्ने र छानामा पुर्याउने अनि एकै चोटि फ्यात्त भुइँमै खसाउने खालका !
विश्वविद्यालयका बाजेलाई खबरदारी पत्र
श्रद्धेय विश्वविद्यालयका बाजे !
म पूर्वी नेपालको कृष्णगर्तबाट तपाईंलाई सम्झँदै छु । यसलाई के लहड चलेछ नभन्नु होला । मेरा कुरा चानचुने पनि नठान्नु होला । जब मैले होस समालेँ, त्यसै दिनदेखि म एक काममा जुटेको छु । सफलताको छेउछाउ पनि पुगेको छैन । त्यसैले मनका गन्थन तपाईंकहाँ ओछ्याउँदै छु । मैले सारालाई हेरिसकेँ । साराको मनभित्र एकएक गरी पसिसकेँ । अलिक त कुरो खरो छ । साँच्चै दह्रो पनि छ । र, धेरै मध्येमा तपाईं नै बाँकी एक हुनुहुन्छ । हेर्नुस्, अब सारा हटिसकेँ । छट्ने पनि छँटिसके । मात्र तपाईं रहनु भएको छ । झिनो आश अँझै ज्युँदै छ । यस नाथेको कुरो चाहिँ के रहेछ भन्नुहोला । धेरै शब्द नखर्ची भन्दै छु । कृपया, यसलाई सकारात्मक ठान्नुहोला । जस्तो भए पनि एक पटक गम्भीर भइदिनुहोला ।
नेपालको आर्थिक–सामाजिक रूपान्तरणमा सहकारीको भूमिका
पृष्ठभूमि
विभिन्न वर्ग, पेशा वा क्षेत्रका सर्वसाधारण जनताले सामुहिकरूपमा सदाचार, सुविधा, आर्थिक हित, शिष्टाचार र नैतिकता कायम गर्न र गराउनका लागि सहकारीको अवधारण आएको हो ।किसान, मजदुर वा साना पुँजीपतिहरूले साझा रूपमा सानो पुँजीबाट सबैलाई उपयोगी हुने वस्तु उत्पादन वा सेवा उपलव्ध गर्ने तथा पुँजी र श्रमअनुसार प्राप्त मुनाफा बाड्ने संस्था नै सहकारी संस्था हो । मूलत: सहकारी मुनाफा कमाउने भन्दा पनि लोककल्याणकारी क्षेत्रमा बढी समर्पित हुन्छ । यो संयुक्त पुँजी/श्रम लगानी गर्ने र त्यसबाट प्राप्त नाफा/नोक्सान समेत संयुक्तरूपमै बहन गर्ने प्रकृतिको हुन्छ । समाजमा विविध खाले आर्थिक समृद्धिका काम गर्नुका साथै नागरिकलाई सम्मानजनक तवरले जीवनयापन गर्न बल पुर्याउने काममा समेत सहकारीले भूमिका खेल्दछ ।
विद्यापति स्मृति पर्व तथा पुस्तक विमोचन समारोह सम्पन्न
‘जे वजय छी, सएह मैथिली’ नाराका साथ मैथिली जागरण मञ्च, राजविराजले विद्यापति स्मृति पर्व तथा पुस्तक विमोचन समारोह सम्पन्न गर्यो । उक्त अवसरमा सागरवीर कडारीद्वारा लिखित, सम्पादित तथा सङ्कलित ‘मैथिली लोकोक्ति सागर’ नामक पुस्तक विमोचन भएको थियो ।
कार्यक्रमका अध्यक्ष आसिन मियाँ, प्रमुख अतिथि विष्णुकुमार मण्डल, विशिष्ट अतिथि डा. पिताम्बरलाल यादव, अतिथि अमरकान्त झाले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको थियो ।
नेपालको अर्थतन्त्रमा सहकारी
किसान, मजदुर वा साना पुँजीपतिहरूले साझा रूपमा सानो पुँजीबाट सबैलाई उपयोगी हुने वस्तु उत्पादन वा सेवा उपलव्ध गर्ने तथा पुँजी र श्रमअनुसार प्राप्त मुनाफा बाड्ने संस्था नै सहकारी संस्था हो । मूलतः सहकारी मुनाफा कमाउने भन्दा पनि लोककल्याणकारी क्षेत्रमा बढी समर्पित हुन्छ । यो संयुक्त पुँजी/श्रम लगानी गर्ने र त्यसबाट प्राप्त नाफा/नोक्सान समेत संयुक्तरूपमै बहन गर्ने प्रकृतिको हुन्छ । समाजमा विविध खाले आर्थिक समृद्धिका काम गर्नुका साथै नागरिकलाई सम्मानजनक तवरले जीवनयापन गर्न बल पुर्याउने काममा समेत सहकारीले भूमिका खेल्दछ ।
सप्तरीको कलाकारिता : एक परिक्रमा
जीवन कलायुक्त हुनुपर्छ । कलाविहीन हुनु मानव हुनुबाट बञ्चित हुनु हो । भनिन्छ, शिव सर्वकलाले सम्पन्न थिए, कृष्ण पनि सोह्र कलाले सम्पन्न थिए साथै राम समेत केही कलाले युक्त थिए । आजका हामी मान्छे कलाकारितामा विश्वास नराख्ने भुल गरिरहेका छौँ । खालि धनोपार्जनमा ध्यान लगाइरहेका छौँ । कलाले धन मात्र उपार्जन गर्दैन, जीवको धरोहर समेत निर्माण गर्दछ । अतः कलाको सम्मान हुनुपर्छ । सानो काम भनेर तुच्छरूपमा लिने सोचको विपक्षमा नउभिई हामी जीवनवोध गर्न सक्दैनौँ । हामीमा के–कस्ता कला छन् र के–कस्ता कामकाजको सम्मान गर्न सक्नुपर्छ भन्ने कुराको आभाष दिन र लिन व्यवहारोपयोगी जम्मा चाँैसठ्ठी वटा त्यस्ता कलाको अध्ययनमनन र चिन्तन आवश्यक हुन्छ ।
प्रष्ट बोली : स्पष्ट व्यवहार
प्रिय जनसेवक ठान्ने दाइ !
जनताको अदालतमा तँलाई स्वागत छ !
दाइ ! म अहिले असाध्यै रोगाएको छु । त्रासद दिनहरूको परिकल्पनामा डराएर बसेको छु । एक समय मैले तेरो चमत्कार धेरै नजिकबाट नियालेको थिएँ । तेरा सफलताका ती स्वर्णिम दिनहरूको प्रशंसामा मख्ख र मस्त भएको थिएँ । तँ सधैं त्यस्तै रहन सकिनस् । र, विकर्षणभावले अलमलाउँदो भएँ । हेर्, यस माटो बाहिरको तेरो सिद्धान्त त त्यति जान्दिनँ । तर, यस माटोमा हुनुपर्ने तेरो व्यवहारिक सिद्धान्त बारे दुई–चार कुरा भन्न भने पछि पर्दिनँ । तेरोजस्तो पाखा–पखेराको, कुनाकन्दराको विश्वविद्यालयमा मैले एक अक्षर पनि पढिनँ । तैंले खोलेको विश्वविद्यालयको विद्यार्थी हुनु चानचुने कुरो थिएन ।
साझा प्रकाशनको कार्यक्रममा मजदुर पुरस्कृत
साझा प्रकाशन राजविराजको मुख्य शाखा कार्यालयको उद्घाटन कार्यक्रम शुक्रबार (असोज २५) सम्पन्न भयो । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी साझा प्रकाशनका महाप्रबन्धक ममता झाले रिवन काटेर उद्घाटन गरेकी थिइन् । नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीको सभापतित्व रहेको उक्त कार्यक्रमका विशिष्ट अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल थिए । कार्यक्रममा साझा प्रकाशन राजविराज मुख्य शाखा प्रमुख मनोज माझीले स्वागत मन्तव्य राखेका थिए ।
सप्तरीको भूमिबाट दक्षिणेभक्त सरखारलाई खुल्ला पत्र
दक्षिणे भक्त नेपाल सरखार महाशय,
म नेपाली भूमिको एक सन्तान भएको नाताले मनका भावनाहरू पोख्दै छु । सरकार हुनलाई जनताका भावनाहरूलाई यथोचित तवरले सम्बोधन गर्न सक्नुपर्छ । जति पटक कुर्सीमा बसे पनि म तिमीमा सरकारको गुण देखिरहेको छैन । खाली दक्षिणेलाई महाप्रभुको रूपमा पूजाआजा गरेर आफ्नो महत्वाकांक्षा पूरा गर्न लालायित लालची भक्तका रूपमा मात्र देखिरहेको छु । मुलुकलाई पराधीन तुल्याएर दलीय स्वार्थको घैंटो भर्ने अपराधी चरित्र मात्र देख्दै छु । त्यसैले सम्बोधनमै ‘सरखार’ भन्ने गरेको छु । यसमा अन्यथा मान्नुपर्ने कुनै कारण देख्दिनँ ।
मैथिली गुरुजी आशिन मियाँसँग एकै क्षण
श्रद्धेय गुरु आशिन मियाँज्यू,
लाख–लाख अभिवादन !
आज मैले जे देखेँ, त्यसैलाई लिपिबद्ध गर्दै छु । सेतै फुलेको ६४ वर्षीय वयोवृद्ध काया लिएर लोकोपकारी कार्यमा जुट्ने हजुरको स्वभावलाई हृदयदेखि नै सलाम ठोक्दै छु । चालीस वसन्त फुलाइरहँदा मैले अनेकन् मान्छेहरू भेट्टाएको छु । सानो मनको मान्छे म ठूलो पार्ने ध्याउन्नमा बेस्कन किचिन्छु । थिचिन्छु । कहिलेकाँही मुण्टो उठाएर हेर्छु । स्वार्थी संसारको एक पात्र आफूलाई नै भेट्छु । आफ्नै संसारलाई मतलव राखेन भने मुखमा माड नलाग्ने, मतलव राख्दा वैयक्तिक धरातल माथि उठ्न नसकिने अचम्भको लीलामा अल्झेको भेट्टाउँछु । मेरो सुझबुझले बुझेअनुसार मैले हजुरभित्र विशाल मन भेट्टाएको छु ।
साहित्यको हरियाली राजधानी बन्दै राजविराज
दुई सयौं भानु जयन्तीको पुनित उपलक्ष्यमा राजविराजमा साहित्यिक गोष्ठी सम्पन्न भयो । विश्व नारी नेपाली साहित्य समाज, सप्तरी र सामुदायिक सेवा केन्द्र, राजविराजको संयुक्त आयोजनामा उक्त गोष्ठी भएको थियो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष कुमार पाठकको अध्यक्षता तथा नेपाली साहित्य समाजकी सगरमाथा अञ्चल स्तरीय उपाध्यक्ष करुणा झाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा समाजकी जिल्ला कोषाध्यक्ष पूनम पोखरेलद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो ।
फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
शुभेच्छुक मित्र, बन्धुबान्धवहरू !
गुड मर्निङ्ग/नमस्ते/अभिवादन/लालसलाम !
सर्वप्रथम त जन्म दिनको शुभकामना दिने र शुभेच्छा प्रकट गर्ने सबै अग्रज, अनुज र सहकर्मी मित्र बन्धु बान्धवहरूमा हृदयदेखि नै आभार प्रकट गर्दै हार्दिक धन्यवाद भन्दछु । त्यस पछि भने मेरो यस जन्म दिनले ल्याएको मेरो जीवनको अर्को खुट्किलोको वारेमा मनमा लागेका कुराहरू ओछ्याउन खोज्दै छु । शुभेच्छुकहरूका समूहमा कुरा गर्न पाउनु पनि सौभाग्य नै हो । त्यसकै भरमग्घुर उपयोग गदै आज धेरै दिनदेखि मनमा गडेर बसेको ध्वाँसो हटाउने प्रयास गर्दै छु । यसबाट मर्का परेको वा चित्त कुडिएको अवस्था वोध गर्नुभएमा दश औंला जोड्नुको विकल्प मसँग छैन । बेर नगरिकन आजको अनुभूति सुनाउँदै छु ।
