Skip to content


परम्पराका मक्किएका पहाडहरू
जरैसँग उल्टाउँने दिन आयो ।
आयो, दिन नजिकै आयो
यथास्थितिवादी र अग्रगमनवादी
चिन्ने चिनाउने दिन आयो ।
आयो, दिन आयो
बलिदानीका गीत गुनगुनाउने दिन आयो
रगतका कथा सुन्ने-सुनाउने दिन आयो ।
थाप्लामा नाम्लाका छापहरू
हातमा बेल्चाका डामहरू
निधारमा अजस्र पसिना
शरीरमा बाह्र ठाउँ टालेका कपडाहरू
सोच्ने सोच्न लगाउने दिन आयो ।
आएको दिन
छाप नछाडी नजान नजिकै आयो,
अबको दिन पुकीफुकी फुत्किन हैन
साँचो छाप र स्पष्ट ऐन
बनी छाड्न आयो ।
आयो, दिन आयो
ऐतिहासिक उथलपुथल गर्न
आयो, दिन आयो ।

नन्दलाल आचार्य
तपेश्वरी-१, गल्फडिया, उदयपुर
हालः लिट्ल फ्लावर मा.वि., राजविराज-९, सप्तरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *