Skip to content


टाढा टाढासम्म जान्छ चिठी
टाढाबाट फिर्छ चिठी
संसारको कुनाकुनासम्म
खबर पुर्याउँछ चिठी ।

भूल वा विर्सेको कुराको
सम्झना दिलाउँछ चिठी
समाचार ल्याउँछ सुखदुःखको
अमूल्य कहलाउँछ चिठी ।

जब आईपुग्छ शुभ अवसर
अतिथि बोलाउँछ चिठी
हजूरबुवा खुशी हुनुहुन्छ
जब लेख्छन् नाति चिठी ।

नन्दलाल आचार्य
दिनाङ्क-२०६६-०६-१६ —तपेश्वरी ः १, उदयपुर, मो. नं ९८४२८२९२०६

पत्राचारको हालको ठेगानाः- लिटिल फ्लावर सेकेण्डरी स्कूल, राजविराज-९, सप्तरी
फोन नं ०३१५२००३८

(ललित छन्द)

Leave a Reply

Your email address will not be published. Required fields are marked *