Skip to content

नन्दलाल आचार्य

केहेन उजाड जँका (गजल)

केहेन उजाड जँका सुनसान देखैछी
मात्र पत्थरे छै कहाँ भगवान् देखैछी ?

नाम जपिक खाइबला भेलै बुद्धिमान्
भ्रष्ट पदलोलुप मात्रे महान् देखैछी ।
केहेन उजाड जँका सुनसान देखैछी
मात्र पत्थरे छै कहाँ भगवान् देखैछी ?

मुसलमानी चुरौटी र नेपाली भाषा : एक अध्ययन

पन्ध्रौँ–सोह्रौँ शताव्दीतिर काश्मिरदेखि ल्हासासम्मको व्यापारको क्रममा काठमाडौँमा केही मुसलमानहरू बस्न थालेका हुन् । त्यसको केही वर्षपछि भारतमा भएका विद्रोहबाट बच्न सुरक्षित स्थान खोज्दै मुसलमानहरू नेपाल छिरेका हुन् । केही मुसलमानहरू राज्यकै आग्रहमा नेपाल भित्र्याइएका हुन् । तिनीहरू मध्ये केही सरकारी संरक्षणमै राजधानीमा रहे भने धेरैजसो पश्चिमी नेपालको पडाडमा व्यापार–व्यवसाय गरेर बसेको देखिन्छ । सन् १८५७ को भारतको गदर बिद्रोहपश्चात् बेगम हजरत महल तथा उत्तर भारतका नवाफ बिर्जित कदरका साथ शरणार्थीका रूपमा ठूलो सङ्ख्यामा मुसलमानहरू नेपाल भित्रिएका हुन् । यस हिसावले हेर्दा पाँच भिन्न–भिन्न समूहका रूपमा मुसलमानहरू नेपाल पसेको देखिन्छ ।

अग्रगामी परिवर्तनका लागि क्रान्तिको ‘शङ्खघोष’

‘शङ्खघोष’ नामक प्रस्तुत पुस्तक झाका नौवटा निबन्धहरूको बिटो हो । यसमा समेटिएका सबै निबन्धहरू निजात्मक, आत्मपरक र साहित्यिक पाराका छन् । प्रत्येक निबन्धहरू आ–आफ्नै किसिमले पत्रात्मक ढाँचामा लेखिएका छन् । कसैलाई सम्बोधन नगरी पत्र हुन्न । यसमा रहेका प्रत्येक निबन्धमा कसै न कसैलाई सम्बोधन गरिएकै छ । रचना सम्बोधनात्मक हुनाले जसलाई सम्बोधन गरिएको हुन्छ उसैलाई माध्यम बनाएर सबै कुराहरू भनिएको हुन्छ । यस प्रकारको प्रस्तुतिमा आत्मीयता, निकटता र विश्वसनीयता प्रकट हुन्छ । यी विशेषता प्रस्तुत सँगालामा समेत प्रशस्तै पाइन्छन् ।

20151225_NandaLalAcharya-BookReview

समसामयिक जीवनको द्योतक : ‘जीवनदान’ लघुकथा सङ्ग्रह

दार्शनिक ओशोको लघुकथाबाट सुरुआत गरौँ । उनी आफ्नो लघुकथामका भन्छन्– एकदिन बिहान–सवेरै एउटी बूढी आइमाई आएर गाउँको कुवामा केही हाली र भनी, अब जसले यो कुवाको पानी खान्छ, त्यो पागल हुन्छ । गाउँमा दुईवटा मात्र कुवा थिए । एउटा गाउँको कुवा थियो र अर्को राजाको महलको कुवा थियो । साँझसम्ममा, वाध्यता थियो, सारा गाउँ पागल भयो, पानी पिउनै पर्यो त्यो कुवाको । केवल राजा, रानी र मन्त्री तीनजना, जसले त्यो कुवाको पानी पिएका थिएनन्, जोगिए, उनीहरू पागल भएनन् । सारा गाउँ साँझ पर्दा नपर्दै पागल भइसकेको थियो ।

‘रूपकी रानी रुपा’ कथा : एक अप्रेशन

दार्शनिक ओशोले एक प्रवचनमा भनेको कथाबाट अप्रेशन सुरुआत गर्दै छु– एकदिन बिहान–सवेरै एउटी बूढी आइमाई आएर गाउँको कुवामा केही हाली र भनी, अब जसले यो कुवाको पानी खान्छ, त्यो पागल हुन्छ । गाउँमा दुईवटा मात्र कुवा थिए । एउटा गाउँको कुवा थियो र अर्को राजाको महलको कुवा थियो । साँझसम्ममा, वाध्यता थियो, सारा गाउँ पागल भयो, पानी पिउनै पर्यो त्यो कुवाको । केवल राजा, रानी र मन्त्री तीनजना, जसले त्यो कुवाको पानी पिएका थिएनन्, जोगिए, उनीहरू पागल भएनन् ।

20151213_NandaLalAcharya-ArticleOnPurushottamYadav

प्रकृतिमा विलिन विज्ञान–गुरुको सम्झनामा

एक साँझ फेसबुकमा शिक्षक मित्र प्रकाशचन्द्र यादवले मुटु मिचेर लेखे– ‘लामो समयदेखि नोबेल अस्पतालमा उपचारार्थ रहनुभएका हाम्रा अभिन्न मित्र पुरुषोत्तम यादवको स्वाथ्यलाभको कामना गर्दछु । उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको खबरले मर्माहत तुल्याएको छ । उहाँसँग सहकार्य गरिरहने सौभाग्य प्राप्त भइरहोस् भनी परमात्मासमक्ष प्रार्थना गर्दछु ।’ फेसबुक खोलेर पढ्नुपर्ने कुरा पढे पनि र सेयर गर्न मन भएका कुरा सेयर गरे पनि प्रकाशचन्द्र सर कहिल्यै कसैका लागि केही लेख्नुहुन्नथ्यो । भनौँ उहाँको लेख्ने बानी थिएन । उहाँले लेखेका ती सन्त्रस्त शब्दहरूले अनिष्टको सङ्केत गरिसकेका रहेछन् । साथै, अन्य थुप्रै शुभेच्छुक फेसबुके साथीहरूले उहाँको शीघ्र स्वास्थ्यलाभको कामनामा आफ्ना शब्दहरू खर्चेका थिए । दुर्भाग्य ! ती सबैका शुभेच्छालाई तिरस्कार गर्दै प्रकृतिको अदालतले उहाँलाई आफूमै समाहित गर्ने निर्णय गर्यो । त्यो दुष्ट दिन थियो– २०७२ साल श्रावण ७ गते बिहीबार साँझ ६:४० ।

20151207_NandaLalAcharya_HamiAamaBabu

‘हामी आमाबाबु’ले सिक्नै पर्ने पाठ

पृष्ठभूमि– हामीले बालबालिकाहरूको सिर्जनशील क्षमताको मुण्टो बटार्ने काम बन्द गर्नुपर्छ । उनीहरूलाई अन्योलमा नराखी पारिवारिक योजना र निर्णयमा सहभागी गराउनुपर्छ । उनीहरूका इच्छा–आकाङ्क्षाप्रति सकारात्मक हुने प्रयास गरी उनीहरूको परिस्थितिलाई राम्ररी अध्ययन गर्नु जरुरी हुन्छ । नगर भनेको कुरा गर्ने उनीहरूको मनोविज्ञान नै हुन्छ भन्ने कुरा बुझेर व्यवहार गरिनु जरुरी हुन्छ । उनीहरूलाई मन नलागेको काम गराउनु आफ्नै मूर्खता सम्झनुपर्छ ।

20151206_NandaLalAcharya_Lekh

आउँदा केही छैन, जाँदा भने रुवावासी

उद्घोषकको हैसियतले परिस्थितिलाई कार्यक्रमको गन्तव्यअनुकूल पारिराख्न मलाई हम्मेहम्मे पर्यो । लामो समयदेखि शिक्षणसिकाइ कार्यकलापमा सहकार्य गर्दै आएकी सुचिता कुमारी देवले यत्तिञ्जेलको गल्तीलाई माफ गरिदिनुस्भन्दा विशिष्ट अतिथिसमेत रहेका शिक्षक रामदेव रजक भक्कानिए । उनीहरूका बीच लामो समयसम्म सहकार्य गर्दा कहिलेकाहीँ तँछाडमछाड भएको हुनसक्छ । त्यो एकोहोरो नभई दोहोरो नै हुनसक्छ । अब ती दिन पुनः फर्कने सम्भावना विल्कुलै न्यून थियो । हुँदा केहीजस्तो नलाग्ने तर नहुँदा केके न बितेजस्तो हुने वातावरण थियो । सबैको मन मलिन थियो । कसैको जीवन नै गुमाउनु परेको जस्तो भान हुन्थ्यो ।

मधेसमा सांस्कृतिक रूपान्तरणको एउटा अध्याय

छात्राले आफ्ना श्रद्धेय बुबालाई सम्बोधन गर्दै अगाडि लेखेकी छिन्– अब म पनि सुझबुझसहितकी भएँ । सोचसमझको विकास हुँदै गएको अनुभूत हुँदै छ । कताकता मेरो ज्ञानको क्षितिज थुन्ने आफ्नै आफन्त भएको महसुस हुँदै छ । र, यत्तिखेर पत्र कोर्न वाध्य भएकी छु । यसलाई सकारात्मकरूपमा लिएर मेरो स्वच्छन्दताको मार्ग अँझ सफा पार्न सहयोग गर्नुहुने छ भन्ने कुरामा म आशावादी छु ।

सरकारी शिक्षकको रूपमा पहिलो दिन

२०७१ भदौ ३ गते मङ्गलबारको दिन सबेरै आँखा खुले । भदौरे झरीले स्वागत गरिरहेको थियो । लामो समयको खडेरीले सप्तरीका कृषक आक्रान्त थिए । अब भने तिनीहरूमा उमङ्ग छाएको हुनुपर्छ । ढिलै भए पनि खेतीपाती लगाउन पाइयो भन्ने लागेको हुनुपर्छ । मनमा नाना थरीका कुराहरू खेलिरहेका थिए । त्यत्तिकैमा पल्लो कोठामा बस्ने शिक्षक मित्र अभितकुमार चौधरीले भने, ‘‘आज तपाईंको साइत बनिरहेको छ । नयाँ ठाउँमा नयाँ मान्छेलाई प्रकृतिले पनि स्वागत गरिरहेको छ ।’’ उनका कुरालाई सहर्ष स्वीकार गर्दै ‘तपाईंका मुखमा दूधभात परोस्’ भनेर जवाफ फर्काएँ ।

नेपाली र चुरौटी भाषाको पदवर्गगत तुलनात्मक अध्ययन

भाषा विचार विनिमयको सशक्त माध्यम नै हो । निश्चित व्यवस्था र नियमको सीमामा आवद्ध हुनु भाषाको विशिष्ट विशेषता हो । विभिन्न विद्वान्हरूले बेलाबखतमा आ–आफ्नै तरिकाले भाषाका वारेमा आ–आफ्ना मतहरू सार्वजनिक गरे पनि मानव समुदायमा सरल, ठोस एवं सार्थकतवरले विचार प्रेषणको काम गर्ने यादृच्छिक वाक्प्रतीकहरूको व्यवस्था नै भाषा हो भन्न सकिन्छ । उत्तेजनाको प्रतिक्रियास्वरूप निश्चित ढाँचाका सीमित–असीमित वाक्यहरूको समुच्चय भाषामा हुन्छ । विश्व मानचित्रमा १,४७,१८१ वर्ग कि.मि. क्षेत्रफल ओगटेको नेपाल भौगोलिकरूपमा सानो भए पनि भाषिकरूपमा ठूलो छ ।

दरिद्र मानसिकताको उपज

  • by

प्यारी चेली,

सन् २०१२ को मार्च ८ हिजो मात्र थियो र त्यो पनि हिजै सकियो । ठूल्ठूला नेतानेतृ र नीति निर्माताहरूले भव्य मञ्चमा भव्य कुराहरू गरे । ती कुराहरू आलिसान महलका मखमली विस्तारामा बसेर कथिएका थिए । ती उनीहरूकै लागि थिए । तिमी, हामीहरूका लागि थिएनन् । ती अहङ्कारीहरूका ललिपप चटाउने गफ थिए । थिए, ती जुरुक्कै उचाल्ने र छानामा पुर्याउने अनि एकै चोटि फ्यात्त भुइँमै खसाउने खालका !

समय छैन

  • by

समय छैन, समय छैन,
यो कुरा आजकल सबका लागि बन्यो
जसलाई सोध्नुस्, समय छैन,
हरेकलाई आजकल विशेष बन्यो ।
पढ्नका लागि समय छैन,
भेट्नका लागि समय छैन
प्रातः कालमा उठ्नका लागि समय छैन
जन्म दिने आमाबुबाका लागि समय छैन,

आन्दोलन-३ (लघुकथा)

सूर्योदयसँगै भीड सडकमा उभियो ।

सडक जाम भयो । साम्प्रदायिक सम्बन्ध खलबलिने नारा लाग्यो । भिन्न सम्प्रदायका लागि होटल-पसल बन्द भए । लघुकथा सडकमा आयो । सडक छाड्न चेतावनी दियो । उल्टै चर्का नारा सुनिए । शान्ति बेहोस भयो ।

आन्दोलन-२ (लघुकथा)

आन्दोलनकारीका हातमा ढुङ्गा र बाँसका भाटा थिए । कालाम्मे सडकमा छिर्केमिर्के गाडीको ताँती गनी नसक्नु थिए ।

एस्कटिङमा गाडी गुड्न थालेपछि ढुङ्गामुढा बर्सन थाले । शिशा चर्कन र फुट्न थाले । प्रहरीको रोकावटले केही मत्थर भयो । तापनि चालकका हात काँपिरहेका थिए । भयले कतिपय यात्रुहरू अर्ध बेहोस थिए ।

आन्दोलन-१ (लघुकथा)

बेलुका चार बजेको छ । कङ्कालीनी मन्दिरमा एक्कासि भीड बढेको छ । दर्शनार्थीहरूमा उमङ्ग कम निरासपन बढी छ । सबै पाँच बजेको पर्खाइमा छन् ।

एक स्थानीय नेताको मोवाइलको आवाजमा सबैको ध्यान खिचियो ।

“गाडीको मत छोडो । हडताल अनिश्चित हुआ है ।” आवाजको प्रत्युत्तरमा भीडले आन्दोलनको समर्थनमा नारा लगायो ।

आन्दोलन-८ (लघुकथा)

चिल्लो सडक रातभर सुख्खा रह्यो ।

भालेले बिहानीको सङ्केत गर्यो । दुई सयको हाराहारीमा रहेका विभिन्न चक्के गाडीहरूले सडक सिँञ्चित गर्न थाले ।

अघि अघि सशस्त्र र पछि पछि सेना भएपछि गाडीहरू निर्धक्क भएर दौडिरहेथे । तँछाडमछाड गरिरहेका तिनीहरूलाई रोक्न कसैको तागत थिएन । तुफान दौडनुमै ज्यान थियो । एकै क्षण रोकिँदा खरानी बन्नुपर्ने हुन्थ्यो ।

कुरूप शैक्षिक चिन्तनकी सिकार नानुलाई पत्र

सम्पादकज्यू,
शैक्षिक क्षेत्रमा फैलिएको दुषित चिन्तनकी शिकार भएकी एक छात्राले आत्महत्या गरेको सन्दर्भमा उनैलाई सम्बोधित यो लेख/निबन्ध प्रकाशनयोग्य भए कृपा गर्नुहोला ।
धन्यवाद !
–नन्दलाल आचार्य

ओशो देशानाको जनजागरण यात्रा : मेचीदेखि महाकालीसम्म

जागरणको यात्रा हो यो महाकालीदेखि मेचीसम्म
आयौँ हामी ओशो सन्यासी ध्यान, प्रेमको दियो बाल्न ।
ध्यान सिकौँ, ध्यान डुबौँ, ध्यान हो एउटै बाटो
उठ्नैपर्छ हामीले माथि खोलौँ भित्री पाटो ।

व्यक्ति, व्यक्तिमा करुणा, प्रेम, शान्ति, सद्भाव फैलाएर व्यक्ति विशेषको आन्तरिक इलाज गरी समाज र राष्टलाई सपार्ने महान् लक्ष्यका साथ महाकाली अञ्चलको महेन्द्रनगरबाट सुरु भएको महाकालीदेखि मेचीसम्मको जागरण यात्रा राजविराज नगरीमा समेत प्रवेश गरेको थियो ।

ऊर्जाशील शैक्षिक सोच र दैनन्दिनी

म आफ्ना दुई छोरीका साथमा ठिक समयमा सरकारी विद्यालय परिसरमा प्रवेश गर्छु । आफ्नो हाजिरी बनाउँछु । खेलिरहेका विद्यार्थीसामु पुगी अभिवादन साटासाट गर्छु । अनि कार्यालय सहयोगीले घण्टी बजाई दिएको सङ्केतअनुसार दैनिक शिक्षणीय कर्ममा जुट्छु । सर्वप्रथम कक्षाकोठामा विद्यार्थीहरूलाई पल्टाउँछु । उनीहरूका तत्कालीन मनोविज्ञानका एकएक पत्र पढ्ने कोशिस गर्छु । तीमध्ये कतिपय पारिवारिक झमेलामा अल्झिरहेको पाउँछु । कतिपय सही सल्लाह र सुझावको अभावमा बेहोसी जीवनशैली अपनाई गरिरहेका भेट्छु । तिनीहरूलाई उचित मार्गनिर्देशन दिँदै अध्ययनमननमा उत्साहित गर्छु ।