रूपचन्द्रको ‘थाहा’ आन्दोलन र प्रगतिवादी साहित्य
साहित्यमा देखिएका गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर नगरी सामन्ती सोचले दवाइराखेका क्रान्तिकारी आवाजहरूले मूर्तरूप लिन र न्याय, समानता र स्वतन्त्रताले भरिपूर्ण समाजको स्थापना गर्न सक्दैनन् । प्रगतिवादले माक्र्सवादी दर्शन र चिन्तनको विशिष्ट विचारधारासँग सम्बन्ध राख्दछ जुन राजनीतिमा साम्यवाद कहलाउँछ, सामाजिक एवं आर्थिक क्षेत्रमा समाजवाद, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद कहलाउँछ भने त्यही साहित्यमा भने प्रगतिवाद कहलाउँछ । जीवन र जगत्का वस्तुसत्यलाई यथार्थ तवरले उद्घाटित गर्ने काम यस वादमा हुनेगर्छ । भनिन्छ, प्रगतिवाद आत्मा साम्यवादमा, प्रेरणा राजनैतिक अनुशासनमा र कल्पना सर्वाहाराको सत्ता प्राप्तिमा राखेर अघि बढेको हुन्छ । यसले मानवको शक्तिलाई सर्वोपरी ठान्छ । पूँजीवाद, सामन्तवादजस्ता वर्गप्रति झुकाव राख्ने क्रियाकलापको घोर विरोध गर्छ र वर्गसंघर्षको साम्यवादी विचारधारानुकूल साहित्य रचना गर्ने अभीष्ट यस वादले लिएको हुन्छ ।



पकरी–६, सप्तरीमा जन्मेका धीरकुमार श्रेष्ठको नाम साहित्यमा स्थापित छ । नामभन्दा काम देखाउन खोज्ने उनको बानीले गर्दा उनको योगदान बारे सप्तरीबासी नै अनविज्ञ छन् । यसै सिलसिलामा उनको छोटो चिनारीसहित उनको ‘नजन्मिनुपर्ने मान्छे’ कथा–सङ्ग्रह, २०७० बारे एकाध शब्द खर्च गर्ने ध्याउन्नमा छु ।
प्रिय बेनाम !

