प्रत्येक वर्ष झै शुरु भएन यो वर्ष
यो शुरु भयो
एउटा बेग्लै अनुभूतिले
बेग्लै आनन्दले
बेग्लै उन्मादले
किनकि हामीले वर्षौ पछि
एउटा युद्द बिराम गरेका छौं
जिन्दगीसँग
र हातेमालो गरेका छौं
प्रेमसँग
तिमीले देख्यौ?
हाम्रो आकाशमा खुलेको त्यो घाम
त्यही घामको उज्यालो
पसेको छ हाम्रो मझेरीमा
हाम्रो दैलोमा
हाम्रो बुईगलमा
अनि
यत्रतत्र फुलेका छन
घण्टी फूल
बेगमबेली
चम्पा चमेली
यसो हुनुको कारण छ
किनकि हामीले युद्द बिराम गरेका छौं
जिन्दगीसँग
शुरु गरेका छौं
प्रेम गर्न।
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौ
