ऊ,
सबेरै गएको थियो
छोरोलाई दूध
अनि श्रीमतीलाई औषधी लिन
जाँदा ऊसँग थियो
रित्तो खल्ती
तर भरिएको मन
बरा !
भरिएको मन्
र रित्तो खल्तीले
ख्याल आउँथ्यो र !
छोरालाई दूध
अनि श्रीमतीलाई औषधी
त्यसैले,
दिनभरि उसले
भत्कायो आफ्नो मन्
उसोरी नै अर्काको मन्
मन भत्किए पछि भरियो खल्ती
साँझमा,
ऊ फर्कियो
लिएर रित्तो मन्
अनि भरिएको खल्ती
उसले,
बिर्सिएको थियो
ल्याउन छोरालाई दूध्
श्रीमतीलाई औषधी
बरा!
रित्तो मनले के सम्झिन्थ्यो ?
दूध र औषधी
बडो अचम्म्!
मन भरिदाँ नि ऊ रित्तै थियो
खल्ती भरिदाँ नि ऊ रित्तै थियो
बिना तामाङ्’ सुनगाभा’
बुढानिलकण्ठ १, काठमाण्डौ