Skip to content


घाम उस्तैगरी
उदाइरहेछ
बतास उसगरी
चलिरहेछ
उसैगरी झुलिरहेछ
धानका बाला
अनि उस्तै गरी
परिरहेछ पानी
फुलले सुगन्ध
उस्तै छरिरहेछ
अरु त अरु
बादल धरी
बाटो नबिराइ
हिडिरहेछ

कस्तै अप्ठ्यारामा पनि
कस्तै चुनौती खेपेर
यी सब
दायीत्वबोध गरिरहेछ्न

साँच्चै
घाम उदाउन छोड्यो भने ?
केही समय बतास चल्न छोड्यो भने ?
कुनै वर्ष धान नझुले ?
कुनै वर्षात पानी पर्न बिर्सिए ?
फुलबाट दुर्गन्ध फैलिए ?
के हुन्छ होला ?

तर निश्चिन्त छु
न यिनले चाल फेर्छ्न्
न यिनले संजाल फेर्छन्
कति इमान्दार छन
यी प्राकृत तत्वहरू

बेइमान त
मान्छे पो हुँदारहेछ्न

बिना तामाङ
बुढानिलकण्ठ काठमाण्डौ

2 thoughts on “बेइमान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *