मलाई लाग्छ
सायद उनको
आँखाँहरू
प्रेम पोख्नकै लागि बनेका हुन्
ओठहरू
प्रेमिल शब्द उच्चारण गर्नकै लागि खुलेको हो
अनि
सम्पूर्ण शरीर केवल
केवल प्रेममा समर्पित हुनको लागि अवतरित भएको हो
शान्त अनि स्निग्ध्
ती हेराइ
कति निर्मल्
कति निश्चल्
मलाई लाग्छ्
उनी प्रेम पथबाट गुज्रिरहेकी छिन्
प्रेमका असंख्य अनुभूतीहरू संग्लादैछिन्
यती शक्तिशाली
प्रभावशाली
उन्को वर्ण उच्चारण्
सायद
हजारौं प्रेमिल शब्दहरूको
प्रेमकोष लेख्दैछिन्
सायदै देखें
हिजो अस्ति
सायदै देख्छु
भोलि पर्सी
उनी जस्ती
हो उनी मेरी दिदी हुन्
उन्को दिदी हुन्
हो उनी प्रतिसारा दिदी हुन
