Skip to content

तामाङ स्रष्टा समाजको नियमित साहित्यिक कार्यक्रम


मिति २०७२ श्रावण ९ गते शनिवार तामाङ श्रष्टा समाजले आर आर क्याम्पस भृकुटी मण्डपमा आफ्नो नियमित साहित्यिक कार्यक्रमको ७० औँ अङ्क समापन गरेको छ ।

तामाङ भाषाविद अमृत योन्जनको प्रमुख आथित्यमा संचालित उक्त कार्यक्रमको सभाध्यक्षता तामाङ स्रष्टाका अध्यक्ष नेपालप्रसाद स्याङ्तान रहनुभएको थियो भने कार्यक्रम खोजराज गोलेले संचालन गर्नुभएको थियो ।

कार्यक्रम दुई चरणमा संचालन भएको थियो । पहिलो चरणमा रन्जना मोक्तान, हिरामाया घिसिङ्, संगीता थिङ्, माया तामाङ्, मानकाजी पाखृन, चन्द्र बज्यु, रत्न कुमार दोङ लगायतका स्रस्टाहरूले गीत, गजल, मुक्तक र अनुभूतिहरू प्रस्तुत गर्नुभएको थियो भने दोस्रो चरणमा ‘तामाङ आख्यान’ विषयमा तामाङ साहित्यिक एकेडमीका प्राज्ञ सदस्य बिना थिङ तामाङले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तामाङ साहित्यिक एकेडमीको तामाङ साहित्यको विविध विधाहरूमाथि कार्यपत्र प्रस्तुत गर्ने अभियान अन्तरगत उक्त कार्यपत्र प्रस्तुत गरिएको थियो ।

यस अघि प्राज्ञ सदस्य खोजराज गोलेले ‘तामाङ मिथक्’ विषयमाथि आफ्नो कार्यपत्र नाङसाल क्लबको नियमित साहित्यिक कार्यक्रममा प्रस्तुत गरिसक्नुभएको थियो भने ‘तामाङ गीति एल्बम्’ विषयमाथि अर्को कार्यपत्र एकेडेमीका उपकुलपति बुद्ध योन्जनले सेम्लेङ न्हान भक्तपुरको नियमित साहित्यिक कार्यक्रममा प्रस्तुत गर्ने जानकारी दिनुभएको छ ।

त्यसै गरी रेडियोकर्मी हिरामान बल र तामाङ डाजाङ्का अध्यक्ष बुद्ध योन्जनले आफ्नो साहित्यिक अभिव्यक्ति राख्नुभएको थियो ।

2 thoughts on “तामाङ स्रष्टा समाजको नियमित साहित्यिक कार्यक्रम”

  1. tnx
    dhanyavad kumar sir. tara yes newsko lastma karyapatra tamang vasama rakhnuparne thiyo tyo dekhiyena ni.

Leave a Reply

Your email address will not be published. Required fields are marked *