सोध्नेहरू सिधै मेरो नाउँ सोध्छन
नाउँसँगै घर अनि गाउँ सोध्छन
दुखाउँछन् मुटु पहिले बेस्सरी
ठिक्कपार्दै पछि दुख्या घाउ सोध्छन
हैन हौ म मान्छे हुँ कि वस्तु हुँ हँ?
खै के सोचे कुन्नि?मेरो भाउ सोध्छन
ऊ बेलामा ‘बिना’ धितो ऋण खाए
बल्ल आज ब्याज अनि साउँ सोध्छन
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
