राम्रा फूल प्राय जसो अप्ठ्यरोमा फुल्ने गर्छ
लोभ्याउँदै सारा जगत् कन्दरामा झुल्ने गर्छ
दम्भ हुन्छ एकार्कामा चिनी अनि नूनको पनि
नबिर्स ती दुवै आखिर पानीमा नै घुल्ने गर्छ
केही बेरलाई होला अन्योल यो धर्तीमा तिमी हेर
बादल फाटी शैन शैन आकाश पनि खुल्ने गर्छ
सत्ता अनि पैसा मोह समयमै त्यागिदिनु
यसैले त हाम्रो मनमा इर्ष्याहरू हुल्ने गर्छ
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
