संघारमा थ्यो ऊ संघारमै समय थियो
निर्धक्क थियो ऊ मुहारमा अभय थियो
एउटा लडाईँ छेडिया’थ्यो समानताको
उस्लाई देख्दा लाग्यो युद्ध जित्ने तय थियो
चेतनाको बिगुल फुक्यो ब्यूँझायो सारालाई
जब ब्यूँझे ती अनि उस्कै जयजय थियो
सयौं थुङ्गा फूलका हामी जब गायो उसले
मधुर त्यो ध्वनिसँगै एउटै लय थियो
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
