Skip to content

ऊ नजिक पनि त छैन


ऊ नजिक पनि त छैन नि म हाँस्नलाई
कुनै बाहाना नि त छैन नि म बाँच्नलाई

सडक उस्को घर भए छानो आकाश भो
अनि अधिकार हुन्छ त सपना साँच्नलाई?

एउटा टुक्रो सीप छैन जिन्दगी यो जिउने
उही भन्छ टेढो छ यो आँगन नाच्नलाई

राम्रो नराम्रो त व्यवहारले पो जनाउँछ
फेरि ऊ आईरन्छ कुमकुम जोडी दाँज्नलाई

बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *