Skip to content

धक फुकाई रुने


धक फुकाई रुने अनि हाँस्ने मान्छे मन पर्छ
दु:ख सुख जे परे नि बाँच्ने मान्छे मन पर्छ

डाहा इर्ष्या रिसराग सबै सबै त्यागी दिई
भात्किएका सम्बन्ध ती गाँस्ने मान्छे मन पर्छ

जिन्दगी हो पर्न सक्छ अप्ठ्यारा र समस्या त
नआतिई समस्या ती मास्ने मान्छे मन पर्छ

आफ्नो सोच आफ्नो खोज प्रयोग गर्दै हरहमेसा
आँखाभरि खुसीहरू साँच्ने मान्छे मन पर्छ

बिना तामाङ ‘सुनगाभा’
बुढानिलकण्ठ काठमाण्डौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *