म आफै त निराश छु ऊ आस माग्छ
काटेर मेरै भागको ऊ गाँस माग्छ
जान्दछ ऊ मसँग केही छैन
बुझ पचाएरै भए नि खास माग्छ
आफ्नाका निम्ति त ज्यानै दिन्छन् रे
खै के भनौं ऊ त मेरै श्वास माग्छ
जल्लाद रैछ मुटु जलाउँछ
त्यसैले ऊ जिउँदो लाश माग्छ
अरे सम्झाऊ उस्लाई प्रेम के हो?
माया ‘बिना’को ऊ सहवास माग्छ
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
बुढानिलकण्ठ

w d
अरे सम्झाऊ उस्लाई प्रेम के हो?
माया ‘बिना’को ऊ सहवास माग्छ