काम एउटा गर्ने अर्को कुरा हुन्छ
मुखमा रामराम बगल्तीमा छुरा हुन्छ
दिनभरि त नैतिक शिक्षा घोकाउँछ
साँझ साथमा सुन्दरी र सुरा हुन्छ
बादशाह बेगम गुलाम लड्छन घरभित्रै
मरेपछि यी उस्को मिसन् पूरा हुन्छ
घरको बाघ वनको स्याल भने जस्तै
बाहिर जाँदा हातमा सधैं चुरा हुन्छ
खोलानालामै हो नि ठूला बडा बन्ने
समुद्रमा त आफै पनि भुरा हुन्छ
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
