Skip to content

आफ्नैसँग लुक्न


आफ्नैसँग लुक्न, नकाब खोज्छ ऊ
तनाव मेट्न सधैं, शराब खोज्छ ऊ

न माया न प्रेम, न स्नेह पायो
त्यसैले कसैको, लगाब खोज्छ ऊ

मनले चाहे क्षणमै, घरदेश पुग्छ
र त उड्ने मन्को, बहाब खोज्छ ऊ

मर्नुभन्दा निको, बौलाउनु रे
मर्न को चाहन्छ? बचाब खोज्छ ऊ

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

5 thoughts on “आफ्नैसँग लुक्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *