Skip to content

खुसी केहो ?


खुसी केहो ? मायालुले माया गर्दा थाहा हुन्छ
दर्द के हो ? निष्ठुरीले खुसी हर्दा थाहा हुन्छ ll

हाँस्नेलाई के पत्तो र ? कथा व्यथा रोदनका
कति गह्रौं हुन्छ पीडा,आँसु झर्दा थाहा हुन्छ ll

सतहलाई नियाल्दैमा देखिँदैनन् भित्री कुरा
जङ्घारको गहिराइ पारि तर्दा थाहा हुन्छ ll

विपत्तिको बेलामा नै पहिचान हुन्छ सबको
को हो आफ्नो को पराई मर्दा पर्दा थाहा हुन्छ ll

गाह्रो छैन पहिल्याउन परिभाषा जिन्दगीको
अभावमा पिल्सिएर सधैंं मर्दा थाहा हुन्छ ll

(यति ८ अक्षरमा)
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *