Skip to content

सहारा छुटेर रोएँ


सहारा छुटेर रोएँ
भरोषा टुटेर रोएँ

उदाए विपत्ति लाखौँ
व्यथाले कुटेर रोएँ

खपेको छु शीत ताप
झरीले चुटेर रोएँ

विधाता रहेछ पापी
सुखानी लुटेर रोएँ

दुखेको छ जिन्दगानी
विचिन्ता जुटेर रोएँ

सुखाशा भए खरानी
दशाले भुटेर रोएँ

वृथामा भएँ प्रवासी
म भाग्गे फुटेर रोएँ

(विश्राम :-३ अक्षरमा)
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
(चन्द्रागिरी नगरपालिका,वा.नं.२१)
हाल:-न्युयोर्क,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *