Skip to content

जाग नारी ज्ञानचक्षु बाल्दै

  • by


जाग नारी ज्ञानचक्षु बाल्दै बाल्दै अघि बढ
कुरीतिका बोटहरू ढाल्दै ढाल्दै अघि बढ

घर भित्रै पिल्सिएर कति पीडा भोग्छ्यौ अझै
सडेका ती कुमान्यता फाल्दै फाल्दै अघि बढ

दिनहुँका अपहरण, बलात्कार र हत्या सबै
रण चण्डी बनेर नि गाल्दै गाल्दै अघि बढ

आफ्नो पौरख देखाएर सक्नु पर्छ देशै हाँक्न
पाखुरामा जोश, जाँगर हाल्दै हाल्दै अघि बढ

दिदी, बहिनी, जननी र प्रेयसीलाई पुरुष पनि
सम्मानको शुभकार्य थाल्दै थाल्दै अघि बढ

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *