परदेशमा प्यारो मुटु दुखाएर बसेको छु
अनगिन्ती कथा व्यथा लुकाएर बसेको छु
रातो दिन घोट्टिएर काम काज गर्दा खेरी
भोक प्यासले शरीरलाई सुकाएर बसेको छु
सबै सोच्छन विदेशमा पैसा फल्ने बोट हुन्छ
कस्लाई भन्नु स्वाभिमान नै झुकाएर बसेको छु
पूर्वजन्म बित्यो क्यारे सरसापटमा डुब्दा डुब्दै
यतिबेला त्यही ऋणलाई चुकाएर बसेको छु
घर भित्र कुकुर पनि अति बलियो भए जस्तै
झमटेकाछन सधैँभरि घुकाएर बसेको छु
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल :- न्युयोर्क,अमेरिका
