जिन्दगीको गाडी कहाँ रोकिने हो थाहा छैन
अँझै केही चल्ने हो कि ठोकिने हो थाहा छैन
गाह्रो हुन्छ हिंड्न डुल्न हात खुट्टा बसेपछि
रोई कराई कहिलेसम्म बोकिने हो थाहा छैन
के भरोसा संसारमा आफ्नै आफ्ना भए पनि
बुढेसकालमा हेर्ने हुन कि झोकिने हो थाहा छैन
बाचुन्जेलै अधर्म र पापाचार गर्दा खेरी
मरेपछि कस्तो सास्ती तोकिने हो थाहा छैन
छोडौँ अब लुछाचुँडी, मारामार र तेरो मेरो
विचार गरौँ कहिले जिब्रो टोकिने हो थाहा छैन
जिन्दगीको गाडी कहाँ रोकिने हो थाहा छैन
अँझै केही चल्ने हो कि ठोकिने हो थाहा छैन
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- रोचेस्टर, न्युयोर्क
