सम्झनाका लहरहरू छल्किएको धेरै भयो
हृदयको भित्री घाउ बल्किएको धेरै भयो
चाहनाको संसारमा आगो लाग्दा हुरुरुरु
डँढेलोले अभिलाषा सल्किएको धेरै भयो
श्रावणको भेल जस्तै आँसु धारा बगाएर
एकान्तमा डाँको छोड्न पल्किएको धेरै भयो
कल्पनाको सिसमहल गर्ल्यामगुर्लुम ढलेपछि
बिहानीको शितसँगै टल्किएको धेरै भयो
लुकाउन खोजे पनि अनुहारमा स्पष्ट हुँदै
विषादका छायाँ मात्रै झल्किएको धेरै भयो
जताततै निराशाले निल्न खोज्दा”कोमल”मन
आशाजनक बाटोतिर ढल्किएको धेरै भयो
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका
१८ मार्च, २०१३

प्रिय मझेरी डट कम,
यो
प्रिय मझेरी डट कम,
यो सद्भावना प्रति अत्यन्तै आभारी छु l