Skip to content

संसारमा सबैभन्दा, देश आफ्नै प्यारो

  • by


संसारमा सबैभन्दा, देश आफ्नै प्यारो
मीठो लाग्ने भाषा अनि, भेष आफ्नै प्यारो

लगाएनी बिदेशका, चिल्ला चिप्ला लुगा
चोखा हातले बनाएको, खेस आफ्नै प्यारो

रङ्गाएर खैरा, सेता, राता, नीला भन्दा
प्रकृतिले देको कालो, केश आफ्नै प्यारो

डाँडा काँडा उकाली र ओरालीमा झर्दा
सधैँभरि लागे पनि, ठेस आफ्नै प्यारो

परचक्री रीति रिवाज प्रकृयालाई देख्दा
जहाँ सुकै पुगे पनि पेश आफ्नै प्यारो

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *