Skip to content

देव्रे आँखा फरफरायो

  • by


देव्रे आँखा फरफरायो के हुने हो फेरि
पूरै शरीर थरथरायो के हुने हो फेरि

हुकुचिलले कराएर कुलच्छिन भो सधैं
भ्यागुतो नि टरटरायो के हुने हो फेरि

सबै कुरा बेस्वादिला मिठास छँदै छैन
टिम्मुर झैं परपरायो के हुने हो फेरि

चारैतिर विसंगति देख्दा छाती दुख्यो
लगातारै चरचरायो के हुने हो फेरि

कहाँ गयो “कोमल” भाव कतै देखिएन
आँसु मात्रै बरबरायो के हुने हो फेरि

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *