Skip to content

संसारमा आमाभन्दा ठूलो नाता

  • by


संसारमा आमाभन्दा ठूलो नाता कुन्छ ?
टुहुरो भै बाँचेको छु यो मन साह्रै रुन्छ

ममताकी खानी अनि वात्सल्यकी मूर्ति
सम्झनाले छाती मेरो छिया छिया हुन्छ

दस धारा दुधको भारा कहिले तिर्नु मैले
दिमाग भित्र सधैँ भरि यही एउटा धुन्छ

बेसहारा भएको छु कोही छैनन् जस्तो
धैर्यताको बाँध फुट्दा बाध्यताले थुन्छ

सँगालेर राखेको छु कथा व्यथा धेरै
तिमी बाहेक पीडाहरू अब कसले सुन्छ ?

कोमल भट्ट
न्युयोर्क
माता तीर्थे औंशी
२६ वैशाख,२०७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *