Skip to content

प्रणयका रातहरू

  • by


प्रणयका रातहरू एकादेशकै कथा भए
यौवनका मातहरू एकादेशकै कथा भए

सिताराको घुम्टोबाट चियाउँदै सजाएका
माया प्रेमका खातहरू एकादेशकै कथा भए

नयनका इशाराले लजाउँदै गरेका ती
मीठा मीठा बातहरू एकादेशकै कथा भए

अधरको मिलनले संसार नै भुलाएका
रमाइला घातहरू एकादेशकै कथा भए

यौटै आत्मा यौटै मुटु बनाएर अङ्गालोमा
बाँधिएका हातहरू एकादेशकै कथा भए

प्रकृतिको “कोमल” सन्देश चारैतिर फैलाएर
हल्लिएका पातहरू एकादेशकै कथा भए

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *