गाउँ घरको सम्झनाले रुन्छन परदेशबासी
आँसुले नै तकियालाई धुन्छन परदेशबासी
पूरै रात छर्लङ्गिन्छ छट्पट छट्पट गर्दै
विरहले व्याकुल मात्रै हुन्छन परदेशबासी
स्वर्गभन्दा राम्रो संसार कल्पनामा बुन्दै
सपनीको सगरमाथा छुन्छन परदेशबासी
बाध्यता र विवसताले सुदूर पुगे पनि
हृदयले आफ्नै देश चुन्छन परदेशबासी
“जननी र जन्मभूमि संसारभरमै ठूला”
यस्तै कुरा मनमनमा गुन्छन परदेशबासी
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका
25 Dec, 2012

हार्दिक धन्यबाद
हार्दिक धन्यबाद प्रियmajheri.com
अत्यन्तै आभारी छु l