Skip to content

यो नववर्षको, शुभकामना छ

  • by


यो नववर्षको, शुभकामना छ है
खुसी र हर्षको, शुभकामना छ है

शान्ति र संबिधान, लडेरै ल्याउँला
सफल संघर्षको, शुभकामना छ है

निकालौं साथी हो, निकास देशमा
उचित निष्कर्षको, शुभकामना छ है

मिलौँ सबै जना, भातृत्व भावले
विचार विमर्शको, शुभकामना छ है

अब वियोगको, झलक मेटियोस
मिलन स्पर्शको, शुभकामना छ है

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- रोचेस्टर, न्युयोर्क
चैत्र २८ २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *