Skip to content

मेरो आँसु आज मात्रै


मेरो आँसु आज मात्रै उसका लागि फोसा भयो
हिजो फुलेँ आज फलेँ कचल्टिलो कोसा भयो ।

आँखाहरू पढेपछि भाकाहरू पाखा लागे
प्रणयको निवेदनमा किनकिन गोता भयो ।
वाचा कसम तिमीबाटै सुरू भा’थ्यो धेरै चोटी
दोबाटोमा कुरी बसेँ पदचाप नै फोसा भयो ।

पिरतीमा यस्तै हुन्छ झेल भन्ने सुनेको हूँ
नजानेरै आफू मात्रै फेल हुन्छु भन्ने गमेको हूँ ।
अब फेरि पनि तिमीसँग मुटु साट्न आउँदिन
भाग लगायौ तिम्रो मुटु साँच्चै माया लाउँदिन ।

-पेशल आचार्य
(रचनाः २०६६ बैशाख १०)

।। समाप्त ।।
मोबाइल: ९८४४०४४०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *