एक
आफन्तै नभएको भए पराई हुँदैन थे
हिमाल, पहाडबिनाको तराई हुँदैन थे
एउटा छ र अर्कोको अस्तित्व छ यहाँ
नत्र नेवाःमा सँगै नेवार र राई हुँदैन थे
दुई
सबै बुझ्ने भए कोही डाउन हुँदैन थे
कसैको आँखामा पनि साउन हुँदैन थे
ताम्सालिङ्मा तामाङले मात्र बस्ने भए
बारपाकको उद्धारमा बाउन हुँदैन थे
तीन
विकास त गर्भ भित्रै तुहिरहेको छ
मेरो देशको आकाश चुहिरहेको छ
महिना भो पीडितले गाँस नपाएको
मेची भन्सारमा चामल कुहिरहेको छ

tin watai muktak damdar lagyo
tin watai muktak damdar lagyo