Skip to content

तीन मुक्तक (मधेशले उब्जाएको अन्न)


१)
मधेशले उब्जाएको अन्न हामी खान्छौ
उही फागु, दिपावली, दशै, छठ मान्छौ
दार्जिलिङे आफ्नै ठान्छौ यही विभेद छ
मधेशका नेपालीलाई भारतीय ठान्छौ ।

२)
पीडा हुँदा कसको दिल होला रुदैन
तर पनि ढुङ्गाको दिल केहीले छुदैन
पेमा,नुमा,चमेलीको के हाल होला र
जुन देशमा जानकीकै सम्मान हुँदैन

३)
हेर्नु होला भाले र पोथीमा फरक छ
फरक छ, हिरा र मोतीमा फरक छ
कहाँ सक्छौ एक हुन दुइटा छिमेकी
मेरो तिम्रो टोपी र धोतीमा फरक छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *