आउँछु भनेर गयो पर्खी हेरें कति कति
अलिकति पर पुग्दै फर्कि हेरें कति कति
काँचको कमलो मनमा ढुँगा हानी गयौ
प्रहार पर्यो मुटुमा चर्कि हेरें कति कति
मडारिन्थे मुटू भित्र एकतमास बादल
पहाड भई ठोकियौ दर्कि हेरें कति कति
के विश्वास भगवानको गर्ने ढुंगो पुजेर
मन्दिरमा फूलपाति छर्कि हेरें कति कति ।
छायाँ पनि भाग्न खोजुँ उतैउतै पछ्याउँछ
भाग्न खोजें सकिएन तर्कि हेरें कति कति
