Skip to content

शब्द छैन तिमीलाई


शब्द छैन तिमीलाई कुन भनेर बोलाऊँ
तारा भनी बोलाऊँ कि जुन भनेर बोलाऊँ

जति जति तिमी देखि टाढा टाढा गए पनि
उही रूप आँखाभरि आउँछ सपना बनी
संगीत भनौँ त या म धुन भनेर बोलाऊँ
तारा भनी बोलाऊँ कि जुन भनेर बोलाऊँ

सास फेर्न रोक्न खोजुँ सास बनेर आउँछौँ
जीवनमा फेरि बाँच्ने आश बनेर आउँछौ
नशा भनी बोलाऊँ कि खुन भनेर बोलाऊँ
तारा भनी बोलाऊँ कि जुन भनेर बोलाऊँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *