तिमीसँग हिँड्दा हिँड्दै छुट्यो आज बाटो
सुरु भयो जिन्दगीको मेरो अर्को पाटो
सपना हजार थियो हावाले उडाई दियो
कुन जन्मको मलाई यस्तो बदला लियो
फूल चढाएँ देउतालाई ढुंगो पाएँ साटो
सुरु भयो जिन्दगीको मेरो अर्को पाटो
पहिरोले भत्काउँदा हृदयको हिमाल
आफ्नो लागि आफै हो आँशु पुछ्ने रुमाल
किन ल्यायो दैवले यो सम्बन्धमा फाटो
सुरु भयो जिन्दगीको मेरो अर्को पाटो

तिमीसँग हिँड्दा हिँड्दै
तिमीसँग हिँड्दा हिँड्दै छुट्यो आज बाटो
सुरु भयो जिन्दगीको मेरो अर्को पाटो
wah wah wah nikkai man chhune git