जिन्दगी नै सकिएर जाला मेरो यस
खोज्दा खोज्दै वर्षौदेखि हराएको देश
मेरा बाले देश खोज्दै जीवन रित्याए
यसै गरी मेरा पनि फुल्ला काला केश
नबढी नलडी कुनै शिखर टेकिदैन
लडिएला कति ठाउँ कति लाग्ला ठेस
रगत र पसिनाको मूल्य खोज्दै जाँदा
एकदिन त आउँला सुनौलो परिवेश
जबरजस्ती मेटाईएका पहिचानी रंग
रोकिँदैनन यात्राहरू नभेटुञ्जेल शेष
