सूर्य चेम्जोङ
अध्याय
आज सोह्र वर्षे जन्मदिन । जीवनले पन्ध्रौँ वसन्त पार गरेर सोह्र टेकेको दिन अलिकति प्रफुल्लित र अलिकति दु:खी पनि । कक्षा–१०का सबैलाई आमन्त्रण गरेको थियो उसले आफ्नो घरमा । करिब करिब सबै उपस्थित भइसकेका थिए । रातको ९ बजिसकेछ ..केक काटने होइन ? आमाको मायालु मुस्कान सहितको मधुर आवाजसँगै झसँग हुन्छ तैपनि उसका आँखाहरूले त्यो भीडमा कसैलाई खोजिरहेको प्रष्ट बुझिन्थ्यो । आधा घण्टासम्मको प्रतिक्षामा पनि उसले खोजेको अनुहारको आगमन नभए पछि । अन्तत: गह्रुंगो मन लिएर केक काटन बाध्य हुन्छ । धुमधाम चल्यो पार्टी रातभर हाँसिरहे नाचिरहे सबै सबै शिवाय एउटा मन जो समुद्रमा पनि पानी पिउने नपाएको प्यासी झैँ प्याक प्याक्ती थियो ।
म, साउदी र अवैधानिक बसाइ
“बसिक सेलरी पन्ध्र सय रियाल ओटी गरेर २६०० रियाल हुन्छ ल आऊ आऊ के दुःख गर्छौ यार । बरु कहिले दमाम आउँछौ भन म यहाँ काम मिलाउँछु … । ल भोलि विहानै हिँड न सुटुक्क मत्तामबाट … । ”
निदाउनै सकिन रातभर खेलिरहे मनमा कुराहरू … । हत्तेरीका यहाँ दिनमा १७ घण्टा काम गरेर नि कति न सेलरी थापिएको छ र ? कमसेकम गधा झै यतिका जोतिइदा त पैतिँस सय रियाल तलब नि कम हुन्छ अघि भर्खर बलाद जाँदा एकजना पाकिस्तानी ट्याक्सी चालक मेरो काम र कम्पनीको नाम सुनेर चुक्चुकाएको सम्झिएँ यहाँसम्म भन्न भ्याए “विचरा” । कोल्टे फर्किएँ एक हप्ता अगाडिसँगै काम गर्ने साथीको भाइ जिजानमा काम गर्दा गर्दै कम्मर र ढाँडको रोगले ग्रसित भएर थलै परेको छ रे … । न कम्पनीले उपचार गरेको छ न तलब नै दिएको छ आज डेढ महिना भो..न घर पठाउँछ बिचरा … । साला मानवता हराएको मान्छेहरूको भीडमा उभिनुको नमज्जा यहाँ आएर महसुस गरिरहेको छु … ।
