आपसी सद्भाव जाहीं-ताहीं भेटिनेछ
जब एक साथ दाजु-भाइ भेटिनेछ
पूर्व, पश्चिम, उत्तर, दक्षिण जतै होस्
एक ठाउँ कामी, क्षेत्री, राई भेटिनेछ
मानिस ठुलो कर्मले भनी जानेपछि
समान डाक्टर, धाई, नाई भेटिनेछ
धार्मिक सद्भावको बिगुल फुकेको
हिन्दू, बौद्ध, इस्लाम, इसाई भेटिनेछ
यो अँधेरी रातपछि घाम झुल्केसँगै
एकार्कामा फेरि हेल्लो-हाई भेटिनेछ ।