Skip to content

पर्खाईमा थिएँ तिम्रै


पर्खाईमा थिएँ तिम्रै बाली लाख बत्ती
आँखाबाट आँशुहरू खसे कति कति

दिल होइन ढुंगाको चोट लागे दुख्छ
नदी होइन आँशु हो बगिरहे सुक्छ
बितेको पल पलले झँस्काउँछ अति
आँखाबाट आँशुहरू खसे कति कति

सुनेदेखि थाहा छैन ज्यूँदै छु या मरेँ
जब सुनेँ संसारमा तिमी छैनौ अरे
किन गयौ छाडेर मायाँ दिई यति
आँखाबाट आँशुहरू खसे कति कति

Leave a Reply

Your email address will not be published. Required fields are marked *