Skip to content

दुई मुक्तक (जो कोहीले सक्दैनन्)


एक

जो कोहीले सक्दैनन् डान्से बन्नलाई
थोरै मात्र सफल छन् मान्छे बन्नलाई
एता झोल उता चोक्टा पारे यसै हुन्छ
सजिलो छैन हजुर भान्से बन्नलाई !

दुई

यहाँभन्दा थारुले नै थारु खाएका छन्
सत्य कुरा गरे भन्छ दारु खाएका छन्
अधिकारको कुरा झिक्यो आरोप लाग्दछ
यिनले कि डलर कि भारु खाएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *