Skip to content

कहीँ कतै यौटै दाग नलाई

  • by


कहीँ कतै यौटै दाग नलाई बनायो
मेहनतले ईश्वरले तँलाई बनायो

देखेपछि अरुहरू तँलाई धेरैले
आफ्ना लागि आफैलाई सलाई बनायो

बादल झैँ केशराशी चँद्रमुखी रुप
वरिपरी लाख बत्ती जलाई बनायो

जोडी मिल्ने तेरो लागि शायद ईश्वरले
धेरै बेर सोँचे पछि मलाई बनायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *