मन भित्र सानो बस्ने ठाउँमा एउटी छिन्
मसँग जीवन काट्ने गाउँमा एउटी छिन्
कत्ति धेरै भाग्यमानी ठान्दछु म आफूलाई
संसारको खुशी दिने बाहुमा एउटी छिन्
सम्झनामा रोई – रोई कटाउँदै रातहरू
सपनामा पनि भेट्ने दाउमा एउटी छिन्
एकान्तले सताउँदा लाग्दो र’छ प्रवासमा
मेरी पनि आफ्ना भन्ने नाउमा एउटी छिन्

Wah Gajal Hos Ta Yasto Po..
Wah Gajal Hos Ta Yasto Po..