Skip to content

सधैँ हान्छ मुटुभित्र सोला

  • by


सधैँ हान्छ मुटुभित्र सोला मेरी प्रिया
शायद धेरै बाँच्तिन होला मेरी प्रिया

चाँदनीले राति राति बोलाउँछे माथि
सपनीमा तर्छु खाली खोला मेरी प्रिया

गाह्रो होला सहन यी चोट तिमीलाई
केही क्षण मन तिम्रो रोला मेरी प्रिया

नफक्रदैँ झरेँ पनि ! फेरि फूल बनी
तिम्रो भै आउँला सय चोला मेरी प्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *