पराईको हात तिमी समाएर गयौ
बिदाइमा मुस्कुरायौ रमाएर गयौ
साथ हुँदा जीवनमा उत्सव मनाएँ
मन भरी सपनाको महल बनाएँ
आँशुहरू आँखाभरि जमाएर गयौ
बिदाइमा मुस्कुरायौ रमाएर गयौ
चुँडिएको फूल कहाँ सक्छ फुल्नलाई
गाह्रो रैछ लगाएको मायाँ भुल्नलाई
केवल ती ! यादहरू थमाएर गयौ
बिदाइमा मुस्कुरायौ रमाएर गयौ
