खडेरीमा सास आयो बाँच्ने आस आयो
बिस्तारै बिस्तारै जब कोही पास आयो
उता हावा चलेपछि मनको बागमा
पिरतीको यता मन्द यो सुवास आयो
दिलमा बहार ल्याईन् जसै गरी आईन्
सुस्तरी सुस्तरी सँगै मधुमास आयो
छैन अब जून रोज्न मैले किन भने
दिलभित्र बस्ने कोही मान्छे खास आयो
सूर्य चेम्जोङ
