पक्कै भेट्न आउँछे यो, गजल पढी मलाई
सहानुभूति देखाउन, अन्तिम घडी मलाई
रमेकी छिन् पराईको, अंगालोमा आज उही
आफूभन्दा मायाँ गर्थी, जसले बढी मलाई
यादहरू आइरह्यो, आँखाभरि छाइरह्यो
भेट्नलाई आइरा’को, मोटर चढी मलाई
अस्ताउँला चाँदसँगै , मेरो चाह उनलाई
एकमुठ्ठी माटो दिनु, मुस्कान जडी मलाई

Dherai sundar lagyo surya
Dherai sundar lagyo surya bhai ko rachana…