आइरहेँ भेट्न आफ्नो मान्छे चिनेपछि
तिम्रो मेरो विवाहको कुरो छिनेपछि
पुलकित भइरह्यो मन उस्तैसित
रातो चुरा सिन्दुर र पोते किनेपछि
कति लामो लागिरहने एक महिना पनि
पर्खाईमा बाटो हेरी औँला गिनेपछि
कता कता दौडिँइरहेँ कता भौतारिएँ
बल्ल तिमीलाई भेटेँ धेरै हिनेपछि
सूर्य चेम्जोङ
