Skip to content

छाडी जाउँ भन्छु


छाडी जाउँ भन्छु फूल माया तर लाग्छ
कोही आई चुँडाउला भनी डर लाग्छ

दुई दिनलाई न हो आफ्ना भन्नेहरू
सम्झनामा साथ हुन्छ चोट दिने बरू
आँखै भरी तिमी मेरो वर -पर लाग्छ
कोही आई चुँडाउला भनी डर लाग्छ

कति पुगें सँघारमा कति जंघारमा
कसैको भरोसा छैन कतै संसारमा
न त आफ्नै जिन्दगीको कुनै भर लाग्छ
कोही आई चुँडाउला भनी डर लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *